हाम्रा भान्सा नै औषधालय हुन् podcast with Binu pokharel, ft Dr B.P. Timalsina

  • GUEST: Dr.

    B.P.

    Timalsina
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Kishan shrestha
    भिडियो भित्र :
    00:00 – प्राकृतिक उपचार या हिमालयन आयुर्वेदको समबन्धमा
    10:30 – एलोपेथिको पहिलो वेभ आइरहेको बेलामा पनि आयुर्वेदमा अध्ययन गर्ने उत्सुकताको बारेमा ?
    आयुर्वेद र यसले दिएको दिब्य ज्ञानबारे सम्यक् संवाद ????????
    खासमा नि समय मानिसको गुरु रहेछ । एक समय रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार व्यावहारलाई अर्को समयले परिक्षण गरि गतिसिल विज्ञानमा बदलिदिदो रहेछ । बाल्यकालमा म आफैले रुढ ठानेर त्यागेका त्यस्ता सामाजिक पारिवारिक पद्दत्तिहरु आज फर्केर हेर्दा हर कुरा विज्ञान या परिक्षणमा आधारित भएको पाएपछि म यो ठाउँमा आइपुगेकी हुँ । म हर पटक भनिरहन्छु कि म यो ठाउँमा आइपुगें भनेर तपाईंहरु पनि आउनु पर्छ भन्ने होइन । तर मैले लामो समय यि विषयमा अध्ययन गरेर, विषय विज्ञ भेटेर, जुन महसुसमा आइपुगें यसबाट तपाईहरुलाई पनि आफ्नो तर्क बनाउन थप तथ्य मिलोस् भनेर नै हामीले यो पोडकाष्ट तयार गरेका हौ.

    । जुन पडकाष्ट तपाईंको सूचनामा केही तथ्यपूर्ण सूचना देखि ज्ञानलाई पूर्ण गर्ने एक पुस्तक पनि बन्न सक्छ ।
    किनकि हामीले र्वाता
    १ प्राकृतिक उपचार या हिमालयन आयुर्वेदको समबन्धमा
    २ एलोपेथिको पहिलो वेभ आइरहेको बेलामा पनि आयुर्वेदमा अध्ययन गर्ने उत्सुकताको बारेमा ?
    ३ आयुर्वैद भनेको के हो ? यसको उत्पति र विकास ।
    ४ सुश्रुतलाई पहिलो कस्मेटिक सर्जन अफ द वल्र्ड भन्ने तथ्य बारेमा
    ५ त्यो बेलाको सर्जरी पद्दति र उत्कृष्ट पद्दति हुँदा हुँदै यसको विस्थापनको कारण ।
    ६ नाडी विज्ञान सम्बन्धमा
    ७ आयूर्वैदिक जीवन शैली अबको सम्भावना बारे
    छ भने आयुर्वेदको विस्थापन हामीले के विनास भोगेका छौं ?
    ८ आयुर्वेदको हिसावले नेपाल कस्तो देश हो ?
    त्यसपछि भान्सामा
    ९ हर समय हतारमा कुदेका हामी भन्सामा पकाएर खान पनि नभ्याउने भैसक्यौं यसले हाम्रो स्वाथ्यमा के प्रभाव पारिरहेको छ भन्ने बारे ।
    १० भान्सा घरलाई कसरी राम्रो बनाउन सकिन्छ ?
    ११ नाडी नै छामेर उमेर या मान्छेको मौजुदा अवस्था कसरी पत्ता लगाउँन सकिन्छ भन्ने बारे ।

    त्यसपछि खानपान सचेतताको बारेमा
    १२ सकरात्मक प्राणिक भोजन, नकरात्मक प्राणिक भोजन र शून्य प्राणिक भोजन बारे
    १३ हामी विहान ब्रह्ममुहुर्तमा उठ्ने, तुलसिमा पानी चढाएर घामको पहिलो झुल्कोमा पिपलमा पानी चढाउने, एकैछिन् ध्यानस्थ भएर आउने, घरमा पनि त्तिलको भाँडामा पानी राखेर त्यसैको चम्चाले उघाएर खाने यस्ता संस्कृतिका विज्ञान ।
    १४ तुलसी, जमरा दुबो, वेल, तिल, कुश, गहुँत कुभिण्डो जस्ता कुरा पूजामा राख्नको कारण र यिनको हाम्रो जीवनमा महत्व बारे ।
    १५ औषि पूणिमामा व्रत बस्ने भन्ने नियम बारे
    १६ रोग लाग्न नदिन हाम्रा भान्सामा भएका काँच र तामा फालेर प्लाष्टिक भित्राउँदा के के गुमाएका छौ भन्ने बारे ।
    या तामा र काँस हाम्रो जीवनमा किन आवश्यक छन् ?
    १७ खासमा मान्छेमा कति प्रतिशत रोग नै हुन्छ कति प्रतिशत मानसिक अवस्था हुन्छ ? अझ तपाई त संस्कृति परिर्वतन गर्नु नै रोगको शिकार हुनु हो भन्नु हुन्छ । यो के भन्न खोज्नुभएको हो ?
    १८ हाम्रा धामि र फ्रान्सका एक फर्मासिष्ट र साइकोलोजिष्ट इमाइल क्वे (सन् १८५७–१९२६)को हिप्नोटाइज गरेर विमारी निको बनाउने प्रकृतिको तुलनात्मक बहस
    छोटा प्रश्न
    १९ रोग, आयु, मृत्यु, बेल, सुश्रुत, आयुर्वेद, जडिबुटी,नेपाल, संस्कृति का एक शब्दका जवाफ जस्ता हरेक तरिकबाट आयुर्वेद र यसको समग्र पक्षमा पुगेर यसका तथ्य खोजेका छौं ।


    youtu.be/HbeyOu6uavc

    www.facebook.com/BPTimsina123/
    g.co/kgs/cG6kL4A
    Copyright for this content is with samyak samwad .

    Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    ???? Turn on notifications to stay updated with new uploads!
    ►???? www.Binupokhrel.org
    ►???? www.facebook.com/Binuebhi
    ►???? www.twitter.com/Binuebhi
    ►???? instagram.com/Binupokhrel9
    ►???? Binuebhi@gmail.com
    ►???? 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

    Category : Interviews and Podcasts

    #हाम्रा#भान्सा#नै#औषधालय#हुन्#podcast#binu#pokharel#ft#dr#bp#timalsina

    0 Comments and 0 replies
arrow_drop_up